प्रदेशसभाको बैठक सारियो

मकवानपुर, वाग्मती प्रदेशसभाको आज ११ः०० बजे बस्ने भनिएको बैठक बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षकाबीच सहमति कायम गर्ने उद्देश्यले आजै अपराह्न ३ः०० बजे बस्ने तयारी भइरहेको छ ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजित बजेटको क्रमागत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्षले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बैठक सञ्चालनमा अवरोध पु¥याइएको थियो ।

सोही बैठकमा प्रतिपक्ष दलले प्रदेश सरकारले प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली, चितवनका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा अनुदान रकम पठाइएको र सो रकमले ती पीडित परिवारलाई तत्काल उद्धार राहत सामग्री वितरण नगरिएको आरोप लगाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा पठाइएको उक्त राहतको रकम सिधै स्थानीय तहलाई पठाउनुपर्ने माग गर्दै सरकारले ल्याएको बजेटमा भीमफेदी कुलेखानी सुरुङमार्गको निर्माण, विद्युतीय बस खरीद गर्ने प्रक्रिया रद्द गरिनुपर्ने प्रदेशसभा सदस्यले धारणा राख्नुभयो ।

त्यस्तैगरी सरकारको स्वामित्वमा रहने गरी प्रदेशमा आमसञ्चार गृह सञ्चालन गर्दा जनहित र संवैधानिक प्रक्रियामा आँच पुग्ने हुँदा सो प्रस्ताव फिर्ता लिनुपर्ने उहाँहरुले माग गर्नुभयो ।

प्रदेशसभाको बैठक आज सञ्चालन भएमा शनिबार स्थगित गरिएको मन्त्रालयगत रुपमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसम्बन्धी विषयमा छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।