७४ हजार ख,सी,बा,ख्रालाई पिपिआरको खो,प
वीरगञ्ज,खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार ख,सी,बा,ख्रामा खो,प लगाइएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले राससलाई बताउनुभयो ।
उहाँले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताउनुभयो ।
महा,मारीका रुपमा रहेको पिपिआर रोगविरुद्धको खोप प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खोप प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसी,बाख्रामा उक्त खोप लगाउन नसकिएको हो ।
पिपिआर रोग सरुवा रोग भएकाले समयमै खोप, लगाएपछि अन्य ठाउँमा यो रोग भने सर्न सकेन। तीन महीनाभन्दामाथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रोगविरुद्धको खोप लगाइए पनि गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खोप भने लगाउन नहुने कार्यालयले जनाएको छ ।


