एनआरएनए जापानमा गुरुङको उम्मेदवारी

टोकियो, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताउनुभयो ।

उहाँले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।