नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह

काठमाडौँ, कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन ।

साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि भएको छ । कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको शेयर ओरालो लाग्दा तीन उपसमूहको शेयर भने उकालो लागेको छ । उकालो लागेकामध्ये सबैभन्दा बढी कमाउनेमा होटल तथा पर्यटन उपसमूह रहेको छ । सो उपसमूहको शेयर ८६.३८ बिन्दुले उकालो लागेको छ ।

ओरियण्टल होटलको मात्रै आज प्रतिकित्ता रु ५७ ले वृद्धि भई रु ७३० मा कारोबार भएको छ। यस्तै, नेप्से ओरालो लागे पनि अन्य उपसमूह १५.०१ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.४८ बिन्दुले घटेर दुई हजार ८३४.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३३ बिन्दुले घटेर ५२८.४५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकम समेत घटेको छ । कूल २२४ कम्पनीको एक करोड आठ लाख ४२ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार २५७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.९, व्यापार १७.६२, विकास बैंक ४५.४६, जलविद्युत् ३.३५, वित्त ३९.२६, निर्जीवन बीमा ११९.७९, उत्पादन २४.४२, लघुवित्त २५.८६, जीवन बीमा ४४.९९ र लगानी ०.४५ बिन्दुले ओरालो लागेको छ ।

कारोवार भएकामध्ये नेपाल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ५७ लाख १६ हजार ५८९ बराबरको कारोवार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ४६ लाख ५८ हजार, माथिल्लो तामाकोशी रु १६ करोड २४ लाख ४२ हजार ७३८, हिमालयन डिस्टिलरी रु १३ करोड ६४ लाख ६९ हजार ५११ र नेशनल हाइड्रोपावर रु १३ करोड ३४ लाख १६ हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, गुडबिल फाइनान्सको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ओरियण्टल होटल ८.४७, सिइडिबि हाइड्रोपावर ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६ र नेपाल फाइनान्सका शेयरधनीले ४.०३ प्रतिशतले कमाए । त्यस्तै, माछापुच्छ्रे बैंकको ऋणपत्र ५.३८, एसबिआई बैंकको ऋणपत्र ५.३६, पोखरा फाइनान्स ४.४७, गुर्खाज फाइनान्स ४.२६ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ४.१८ प्रतिशतले गुमाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।