सिलिचोङमा प,हिरोबाट एक घरमा क्ष,ति
किमाथाङ्का, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा प,हिरोबाट एक घर पुरिएको छ ।
गएराति अ,विरल वर्षासँगै आएको प,हिराले एक घरमा क्ष,ति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते हुनुभएको वडाध्यक्ष अलक्षकुमार राईले बताउनुभयो ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको प,हिराले माथिल्लो तेन्छोङका उहाँको घर पूर्णरुपमा क्ष,ति भएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उहाँको टा,उको र अनुहारमा चोट लागेको छ ।
पहिरोबाट उहाँको श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ।


