मत बदर नहुने मतदाता शिक्षामा जोड

काठमाडौँ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताउनुभएको छ ।

निर्वाचत आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संयोजनमा आयोजित एकदिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै उहाँले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएकामा जोड दिनुभयो ।

अध्यक्ष थपलियाले भन्नुभयो,“ निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन,यसमा सबैको सहकार्य जरुरी छ ।” निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैँले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको बताउँदै उहाँले आधाभन्दा बढी जनसङ्ख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताउनुभयो ।

आयोगको तथ्याङ्कानुसार देशभर करीब एक करोड ६५ लाख मतदाता छन् । त्यो अझै बढ्ने क्रममा छ । नेपालमा देशभर ६० प्रतिशत मत खस्ने गरेको छ । त्यसमध्ये पाँच प्रतिशतको हाराहारीमा बदर हुने गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा भने १३ प्रतिशत बदर भएको देखिएको छ ।

सो अवसरमा आयोगका सदस्य डा जानकीकुमारी तुलाधरले मतदातालाई सुुसूचित गराउनका लागि महिला पत्रकारको महत्वपूर्ण भूमिका रहेको र त्यसका लागि सम्पादकीय र व्यवस्थापकीय स्थानमा तिनको सहभागिता हुनुपर्ने जरुरी रहेको बताउनुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष निर्मला आचार्यले निर्वाचनमा मत बदर नै नहुने गरी नागरिकलाई साक्षरता जनाउने र निर्वाचनका समाचारमा पत्रकार महिलाको पनि उल्लेख्य सहभागिता गराउने उद्देश्यले अभिमुखीकरण तामिलको आयोजना गरेको जानकारी गराउनुभयो ।

तालीममा निर्वाचन आयोगका तर्फबाट तीन कार्यपत्र र डब्लुडब्लुजेका तर्फबाट एक कार्यपत्र प्रस्तुत हुनेछ । प्रत्येक प्रदेशबाट तीन÷तीन गरी २१ पत्रकार महिला तथा आयोग र डब्ल्युडब्ल्युजेका गरी ४० जना तालीममा सहभागी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।