सभापति देउवाद्वारा थापाको नि,धनप्रति दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैलेख कांग्रेसका पूर्वसभापति जगतजङ्ग थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज बिहान दैलेख अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट कांग्रेसले एक असल र निष्ठावान् नेतालाई गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

स्व थापा पार्टीको महासमिति सदस्य, कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय सदस्य, नेपाल बाल सङ्गठनको पूर्वकेन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

आजै सभापति देउवाले पार्टीको कालीकोट जिल्ला कार्यसमितिका सदस्य एवं महिला शाखा प्रमुख लक्ष्मी शाहीको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ ।

उहाँको यही असार १८ गते ५३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।