लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण

सिन्धुली, सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।

जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा वितरण आदेश भएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको नापी कार्यालय सिन्धुलीका सूचना अधिकारी विष्णु बडालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयलाई १४६ वटा जग्गाधनी पुर्जा वितरणको आदेश आएको थियो हामीले आर्थिक वर्ष २०७७÷७८ को लक्ष्यअनुसार हामीले पुर्जा वितरण गरिसकेका छौँ ।”

“नाप नक्सा भएका २५० गाउँब्लकको तीन हजार ३८२ कित्ता सङ्ख्याको जग्गाधनी पुर्जा वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । यस आवमा नापी कार्यालयले १२४ वटा स्रेस्ता हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

दुई हजार ५०३ कित्ता सङ्ख्या दर्ता भइसकेको र अब ८७९ कित्ता दर्ता हुन बाँकी रहेको छ । कार्यालयले यस आवको शुरुदेखि हालसम्म गोलन्जोर गाउँपालिकाको खुर्कोटमा १३, भुवनेश्वरीमा छ, सुनकोशी गाउँपालिकाको मझुवामा २२, तीनपाटन गाउँपालिकाको रानीचुरीमा आठ, बेलघारीमा २५, भीमस्थानमा ६७ र बाहुनतिल्पुङमा चार जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको सूचना अधिकारी बडालले जानकारी दिनुभयो ।

साथै कार्यालयले मरिण गाउँपालिकाको कल्पवृक्षमा आठ, दुधौली नगरपालिकाको निपानेमा १५ र घ्याङलेख गाउँपालिकाको बस्तीपुरमा आठ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको उहाँको भनाइ छ । साविक भीमस्थान, बेलघारी, भीमेश्वर, भुवनेश्वरी, मझुवा, बस्तीपुर, कल्पवृक्ष, निपानेलगायतका गाउँ विकास समितिमा रहेका २० वटा गाउँब्लकको जग्गाधनी पुर्जा वितरण गरिएको उहाँको भनाइ छ ।

रानीवास, क्यानेश्वर, तीनपाटनलगायत अन्य स्थानमा दर्ता बाँकी रहेकाले आगामी आवमा दर्ता गर्ने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । यस आवमा वितरण गरिएका जग्गाधनी पुर्जाको स्रेस्ता आगामी आवमा मालपोत कार्यालयलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।