दिप्रुङ चुइचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरु

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरु गरेको छ । पचपन्न वर्ष उमेर पूरा गरेका पत्रकार वा नेपाल पत्रकार महासङ्घको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारलाई मासिक रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने गरी आर्थिक वर्ष २०७७÷७८ मा ल्याइएको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रोत्साहन भत्ता प्रदान गर्दै घोषित कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

गाउँपालिकाको आफ्नै सभाहलमा आयोजित ज्येष्ठ पत्रकार सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रममा गाउँपालिका प्र्रमुख भूपेन्द्र राई र उपप्रमुख सपना राईले पत्रकार आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित प्रोत्साहन भत्ताको चेक हस्तान्तरण गर्नुभयो । नेपाल पत्रकार महासङ्घबाट प्रेस स्वतन्त्रता सेनानीको सम्मान पाइसक्नुभएका आचार्यलाई मासिक रु दुई हजारका दरले एक वर्षको एकमुष्ट रु २४ हजार रकमको चेक हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पत्रकारको पेशागत सुरक्षाका लागि ठूला कुरा गर्ने तर काम नगर्ने राष्ट्रिय समस्याका बीचमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्थानीय सरकारका रूपमा पत्रकारमैत्री नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो । “पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउन प¥यो भनेर मुलुकभर आवाज उठाइन्छ”, उहाँले भन्नुभयो, “जति कुरा उठाइए पनि त्यसको कार्यान्वयन भएको देखिन्न । तर स्थानीय सरकारका रूपमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कार्यान्वयनमा ल्याएको कार्यक्रम स्वागतयोग्य छ ।”

गाउँपालिकाले निर्धारण गरेको मापदण्डानुसार प्रोत्साहन भत्ता पाउने पत्रकारमा आचार्य जिल्लामा एक जना मात्रै हुनुहुन्छ । दश स्थानीय तह रहेको जिल्लामा नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गर्ने पत्रकार २६ जना मात्र रहेका छन् । पत्रकार महासङ्घको सदस्यता लिएर पत्रकारिता पेशासँगै अन्य पेशामा आबद्ध रहेका पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । “कम्तीमा यसको शुरुआत हाम्रो गाउँपालिकाबाट गरौँ भन्ने हाम्रो नीति हो”, उहाँले भन्नुभयो, “यस वर्षदेखि कार्यान्वयनमा ल्याइएको पत्रकार प्रोत्साहन भत्ताको मात्रा क्रमशः बर्सेनि वृद्धि गर्दै लैजाने योजना बनाएका छौँ ।”

गाउँपालिकालाई सूचना तथा सञ्चारमाध्यमको दृष्टिकोणले नमूना गाउँपालिकाका रूपमा विकसित गर्ने लक्ष्यसमेत लिइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “सूचना तथा सञ्चारमाध्यमको प्रवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व पनि हो”, उहाँले भन्नुभयो, “नागरिकलाई जतिधेरै सुसूचित गराउन सकिन्छ, उति नै सुशासन कायम हुने भएकाले पनि गाउँपालिकाकै तर्फबाट जिल्लामा सञ्चालित सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने योजना बनाएका हौँ ।”

आव २०७७÷७८ मा उक्त गाउँपालिकाले जिल्लामा क्रियाशील पत्रकारलाई मुटु, क्यान्सर, मष्तिष्काघातजस्ता गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा उपचारमा लागेको २० प्रतिशत खर्च सहयोग गर्नेसमेत निर्णय गरेको थियो । उक्त गाउँपालिकाले गत वर्षकै गाउँसभामार्फत जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमको वृत्तिविकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पूरा गर्ने सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको थियो ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएका छन्। यही असार १० गते सम्पन्न दुवै नगरपालिकाको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका तथा जिल्लाबाट प्रकाशन हुने छापा तथा विद्युतीय सञ्चारमाध्यमलाई सङ्घीय सरकारकै शैलीमा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने विषय समेटिएको छ ।

नगरपालिकाले राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने विज्ञापन तथा सूचना पनि नगरपालिका वा जिल्लाभित्रका एजेन्सीलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम ल्याएको छ । यसअघिसम्म उक्त दुवै स्थानीय तहको सूचना तथा विज्ञापन कमिशनमा कर्मचारी वा स्वयं जनप्रतिनिले नै एजेन्सीमार्फत प्रकाशन गर्ने गरेका छन् ।

स्थानीय तहको सार्वजनिक महत्वका सूचना प्रकाशन गरेवापत नियमित भुक्तानी लिन कठिनाइ झेलिरहेका पत्रकारलाई दुई नगरपालिकाको नीति तथा कार्यक्रमले केही उत्साहित बनाएको छ । यद्यपि स्थानीय तहले पारित गरेका नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा नल्याएसम्म जिल्लामा क्रियाशील पत्रकारले उत्साहित हुनुपर्ने अवस्था नभएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताउनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।