पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

बलेवा, गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नं ४ को जलजला स्वास्थ्य चौकी, वडा नं ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नं ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक÷एक थान मेसिन उपलब्ध गराइएको थियो ।

मेसिन हस्तान्तरण कार्यक्रममा सभापति कुँवरले विकट वस्तीमा सेवा पु¥याउने उद्देश्यले नागरिक दायित्व वहन गरेर सहयोग गरिएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा (एमाले) बडिगाडका अध्यक्ष गुणनिधि घिमिरे, नेपाल महिला सङ्घका दिलमाया पौवीलगायतले अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएपछि कोरोना सङ्क्रमणको उपचारमा सहज हुने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।