बजेटमा वि,पद् र सडकलाई प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

मनाङ, देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले अ,विरल वर्षापछि आएको बा,ढी,प,हिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट वि,पद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ।

गाउँसभाले रु १८ करोड ५१ लाख ८७ हजार बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बा,ढी,प,हिराका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो ।

“बा,ढी,प,हिराले न त गाउँसभा समयमा गर्न सकियो, न राम्रोसँग छलफल गर्न नै, तर केही विषयमा राम्रोसँग छलफल गरी बजेट सार्वजनिक गरेका छौँ”, नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मार लामाले भन्नुभयो । बा,ढी,प,हिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उहाँले बताउनुभयो । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो ।

संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताउनुभयो । बा,ढी,प,हिराले बढी क्ष,ति पु¥याएकाले कोतो–छ्ययाछ्या–हुलाकीओडार–मेता सडकखण्डको बाटो मर्मतका लागि रु ५० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।

साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न रु २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।