घरेलु तथा साना उद्योग कार्यालयमा ,एक वर्षमा ७६२ व्यावसायिक फर्म थप

म्याग्दी, जिल्लामा पछिल्लो एक वर्षमा ७६२ उद्योग र व्यावसायिक फर्म थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा ५०० उद्योग र २६२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् ।

विसं २०७७ साउनदेखि २०७८ असार अन्तिम हप्तासम्म दर्ता भएका उद्योग र वाणिज्य फर्मबाट रु २६ लाख आठ हजार १२३ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

“पहिले देखिनै सञ्चालन भएका उद्योग तथा फर्महरू कानूनी दायारामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो”, उहाँले भन्नुभयो, “नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।”

उद्योग दर्ताबाट रु १४ लाख ३४ हजार १२३ र वाणिज्य फर्म दर्ताबाट रु ११ लाख ७४ हजार राजस्व सङ्कलन भएको हो । नयाँ दर्ता भएका ५०० वटामध्ये ३६८ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २९८ उद्योग र ३९८ वटा वाणिज्य फर्म नवीकरण भएका छन् ।

यसैगरी चालु आर्थिक वर्षमा कूल रु एक करोड १६ लाख २८ हजार बजेट विनियोजन भएको घरेलु कार्यालयले भौतिकतर्फ ९९ र बित्तीयतर्फ ७६ प्रतिशत प्रगति गरेको जनाएको छ । दुई ८५ जनालाई सीपमुलक तालिम प्रदान गरेको छ ।

एक सय ५१ जनालाई उद्यमशीलता विकास, ३८ जनालाई युवा उद्यमशीलता सीप विकास, २७ जना उद्यमी सिर्जना, १६ जनालाई उद्योग प्रर्वद्धन, कोरोनाका कारणले श्रम छाडी घर फर्केका ३५ जनालाई सीप विकास, १८ जनालाई परम्परागत सीपमा आधारित व्यवसाय प्रर्वद्धन तालिम प्रदान गरेको छ ।

अल्लो तथा ढाकाको झोला, पर्स डिजाइन, हलुका सवारी चालक, सिलाईकटाई, ब्युटी पार्लर, कम्प्युटर, हावस वायरीङसम्बन्धी तालिम दिएको हो । एघार पटक ११८ वटा पसल तथा फर्मको बजार अनुगमन गरेको छ । सोह्र जना उद्यमीलाई रु १३ लाख ७६ हजार मूल्य बराबरको उपकरण बितरण गरेको छ ।

कार्यालयले बुधबार बेनीमा समक्षा कार्यक्रमको आयोजना गरेर वार्षिक गतिविधी सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले सीपमुलक तालिम र बजार अनुगमनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।