अब बढी भाडा लिने सवारीसाधन का,रवाहीमा

डोटी, तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ ।

कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरीसाधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ को माहामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजूरी आएपछि हामीले अनुगमन शुरु गरेका छौँ, यात्रु ठग्नेलाई जरिवानासमेत तिराउन थालेका छौँ ।”

जिल्लामा कोरोना निषेधाज्ञा उलङ्घन गर्ने चार र यात्रुलाई टिकट नदिइ बढी भाडा लिने तीन सवारीसाधन कारवाहीमा परेका हुन् ।

यसैगरी डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले तोकिएको प्रति व्यक्ति भाडादर रु ५५० भन्दा बढी रु एक हजारसम्म भाडा लिँदै आएको गुनासो बढेको छ ।

पहिलो पटक बढी भाडा लिने सवारीसाधनलाई सामान्य जरिवाना तिराइ बढी लिएको यात्रुको भाडा फिर्ता गर्न लगाइएको र पुनः दोहरिए कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।