नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

काठमाडौँ, नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कोभिड–१९ महामारीका बेलामा पनि स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिकसमेतलाई ग,म्भीर असर पुग्छ र पुगिरहेको छ भन्ने हेक्का सरकारले नराखेको आरोप पनि लगाउनभुएको छ ।

प्रतिष्ठानभित्र अनेक बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएकामा ढाकछोप होइन आवश्यक उपचार जरुरी रहेको उल्लेख गर्दै कांग्रेसले प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पु¥याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न नसकिने जनाएको छ ।

आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।