द्व,न्द्व,पी,डितलाई जीवननिर्वाह भत्ता

रोल्पा,सशस्त्र द्व,न्द्वमा ज्यान गुमाएका परिवारले जीवन निर्वाह भत्ता पाउने भएका छन् ।
माडी गाउँपालिका–५ ले आर्थिक वर्ष २०७८÷०७९ देखि द्व,न्द्वमा ज्यान गुमाएका परिवारलाई जीवन निर्वाह भत्तास्वरुप मासिक रु एक हजार पाँच सयका दरले उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाको यही असार १० गते सम्पन्न गाउँसभाबाट सो निर्णय पारित भइसकेकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी यो कार्यक्रम कार्यान्वयन गरिने वडा कार्यालयले जनाएको छ ।

“सशस्त्र युद्धमा ज्यान गुमाएका परिवारको अवस्था दयनीय रहेकाले जीविकोपाजर्नमा टेवा पुगोस् भनेर यस्तो कार्यक्रम अघि सारेका छौँ”, वडाध्यक्ष भरतबहादुर बुढा मगरले भन्नुभयो, “उनीहरुलाई मासिक रु एक हजार ५०० का दरले भत्ता दिने निर्णय भएको छ ।” सशस्त्र द्वन्द्वताका सो वडामा २४ जनाले ज्यान गुमाएका थिए ।

सो शीर्षकमा वडाले गरेको प्रस्ताव गाउँसभाले पारित गरिसकेको छ । सशस्त्र द्व,न्द्वमा ९६४ ले ज्यान गुमाएको रोल्पामा कुनै पनि स्थानीय तहले उनीहरुको सम्मान र सम्झनामा कार्यक्रम ल्याएका थिएनन् ।

माडी गाउँपालिका–५ को सो कदमलाई धेरैले प्रशंसासमेत गरेको स्थानीयवासी गोपाल केसीको भनाइ छ । “द्व,न्द्वमा अभिभावक गुमाएकाको अवस्था दयनीय छ, कसैबाट पनि सहयोग नपाएका उनीहरुको दैनिकी कष्टकर बन्दै गइरहेको बेला वडा कार्यालयको यो कदमले मृतकका परिवारमा आशा जगाएको छ”, उहाँले भन्नुभयो ।

विगतमा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिएको सो वडाले आगामी आर्थिक वर्षका लागि भने सामाजिक विकासलाई प्राथमिकता दिएको बताएको छ ।

वडाले भौतिक पूर्वाधारमा मनग्य खर्च गरी सामाजिक विकासलाई ध्यान नदिएकोे जनगुनासो खेप्दै आएको थियो । “भौतिक पूर्वाधारका नियमित कामलाई निरन्तरता दिने गरी सामाजिक विकासलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष बुढा मगरले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖