चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै

फुङ्लिङ, तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ ।
ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हँुदै आएको छ । कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा निर्भर हुँदै गएको छ ।

चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । दुई वर्ष अगाडि प्रत्येक पसलमा पाइने चीनका खाद्य तथा लत्ताकपडालगायतका आवश्यक सामग्री अहिले पाइँदैन । कोभिडको कारण दुई वर्षदेखि ओलाङचुङ्गोला क्षेत्रका टिप्ताला नाका बन्द हँुदा चीनबाट सामग्री निर्यातमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको स्थानीय व्यापारी बङ्ग्या शेर्पाले बताउनुभयो ।

ओलाङचुङ्गोलामा भोटे समुदायको ५३ घर परिवार बसोवास गर्दै आएको छ भने १० घर याङमा गाउँमा बसोवास गरेको छ । यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइने गरेकामा अहिले नभएको स्थानीयवासी नुपु शेर्पाले बताउनुभयो । चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुने गर्थो ।

गोला हुँदै ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो । व्यापारीहरु गोला पुगेर चिनीयाँ सामान लिएर जाने गरेको शेर्पाले बताउनुयो । कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनीयाँ सामग्री अभाव भएको स्थानीय बासिन्दाको भनाइ छ ।

नाका बन्द भएपछि चीनबाट आवश्यक सामग्री आयात नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको याङ्मा गाउँका ठावा शेर्पाले बताउनुभयो । नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पु¥याउन निकै खर्च लाग्ने उहाँले बताउनुभो । चीनबाट टिप्ताला नाका हँुदै आलाङचुङगोलामा सामग्री ल्याउँदा सस्तो पर्ने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।