सीताकुमारी पौडेल;दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण

पोखरा, गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नो अधिकारको खोजी गरेर समतामूलक समाज निर्माणको लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

जिल्ला समन्वय समिति(जिसस) कास्कीको आयोजनामा स्थानीय तहका निर्वाचित दलित महिला वडा सदस्य र जिसस पदाधिकारीका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्र्दै उहाँले कानूनीरुपमै मानव–मानवबीचको सम्बन्धमा कुरीतिको रुपमा रहेको जातीय भेदभावको अन्त्य भइसकेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख पौडेलले २०६३ जेठ २१ गते नै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको र २०६८ मा जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन बनेको बताउनुभयो । उहाँले शताब्दीयौँदेखि बहिष्कृत दलित समुदायको उत्थानका लागि जनप्रतिनिधिले वडा तथा पालिकाका नीति कार्यक्रम योजना तर्जुमा गर्दा यथोचित सहभागिता हुन आवश्यक रहेको आँैल्याउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संविधानले सबैखाले विभेद्को अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हकअन्तर्गत समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक व्यवस्था गरेकाको जनप्रतिनिधिले आफ्नो अधिकारको प्रयोग गरेर सामाजिक रुपान्तरणमा जुट्नुपर्ने बताउनुभयो ।

जिससका प्रमुख बैनबहादुर क्षेत्रीले सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वासजस्ता अमानवीय व्यवहारलाई निर्मूल गर्न जनप्रतिनिधिले सचेतनामा जोड दिनुपर्दछ भन्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा जिल्लाका ७२ वडाका ३६ जनाको सहभागिता रहेको जिससका उपप्रमुख सावित्री भण्डारीले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।