नगरसभामा भएको घटनाको विरोध गर्न सयौं कार्यकर्ता पुगे पाख्रीबास (भिडियो सहित)
राष्ट्रिय युवा संघ, नेपाल नगर कमिटी पाख्रिबास, धनकुटा द्वारा बृहत र्याली तथा सभाको आयोजना
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाको गत असार १० गते आठौँ नगरसभा चल्दै गर्दा घटेको घटना तथा त्यस घटना संग जोडेर नेकपा एमाले का नेता माथि विभिन्न प्रकारका झुट्टा कुरा प्रचार गर्दै आरोप लगाउने र जनतामा भ्रम छर्ने केही दलको गठबन्धनका बिरुद्ध राष्ट्रिय युवा संघ नेपाल पाख्रीबास नगर कमिटीको संयोजन तथा नेकपा(एमाले) नगर कमिटी पाख्रीबासको आयोजनामा आफ्ना सयौं कार्यकर्ता सडकमा उतारेर बिरोध जनाएको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र कुमार राईको नेतृत्वमा जिल्ला भरीका युवा तथा कार्यकर्ता पाख्रीवास पुगेर घटनाको बिरोध गरेका छन । मार्चपास पछि बिरोध जुलुस नगर परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई जिल्ला समन्वयन समितिका सभापति टंक चौहान,नेकपा एमाले पाख्रीवास नगर कमिटी अध्यक्ष शान्तिराम गौतम,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा धनकुटा ईन्चाज वलदिप राई र पाख्रीबास नगरपालिकाका मेयर बृष बहादुर राईले सम्बोधन गर्नु भएको थियो ।

सभामा बोल्नु हुंदै नगर प्रमुख राईले आफु र निवर्तमान संघिय सॉंसद राजेन्द्र कुमार राई माथि अनियमितता गरेको आरोपको बिषयमा भ्र’ष्टचार गरेको एउटा मात्र प्रमाण उनीहरुले दिन सके आफुले तत्काल नगर प्रमुखको पदबाट राजीनामा दिने बताउनु भयो ।
बिरोध सभामा प्रदेश नं.‘क’ का सभासद् निरन राई ‘ख’ का ईन्द्रमणी पराजुली स्थानिय ७ तहका प्रमुख,उप–प्रमुख,पाटीका जिल्ला सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
असार १० गते नगर सभाको क्रममा नेकपा एमाले माधव समुह र नेपाली कांग्रेस लगायत दलका कार्यकर्ताहरुले तोडफोड तथा जनप्रतिनीधिहरु माथि हातपात गरेको एमाले ओली पक्ष र नगरले भन्दै आएकाछन् भने नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एमाले माधव समूह र जनता समाजवादी पार्टी सम्मिलित गठवन्धनले निर्वाचित जनप्रतिनीधिहरुले नै जनतालाई हात लगाएको वताउँदै आएका छन् ।
घटनामा संलग्न भएको भनि १५ जना विरुद्ध नगरले मुद्धा लवगाएकाहरु मध्ये पाख्रीवास वडा नं ४ का वडाध्यक्ष तथा नेकपा एमाले माधव समूहका पाख्रीवास नगर अध्यक्ष सोवित निरौला धरौटीमा रिहा भईसकेका छन् भने केही तारिखमा र केही फरार छन् ।


