बालकोटस्थित आफ्नै निवास फकर्नुभयो निवर्तमान प्रधानमन्त्री ओली
काठमाडौँ, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ ।
सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।
यो पनि पढ्नुहोस ..
चितवन,पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आ,क्रमणबाट एक महिला घा,इते हुनुभएको छ । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आ,क्रमण गरेको हो । गैँडाको आ,क्रमबाट घा,इते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।


