हल्दिबारीमा खुला व्यायामशाला

झापा,‘गाउँवासीको स्वस्थ जीवन प्रवद्र्धन’ अभियानअन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १५ लाख र जनसहभागिताबाट रु तीन लाख ६५ हजारका लागतमा तयार गरिएको सो व्यायामशालामा आधुनिक उपकरण छन् ।

सङ्घीय सांसद राजेन्द्र लिङ्देनले बुधबार व्यायामशालाको शुभारम्भ गर्नुभएको थियो । यसअघि अर्जुनधारा नगरपालिकाले शहीद स्मृति उद्यानमा र कनकाई नगरपालिकाले समेत व्यायामशाला निर्माण गरेका थिए ।

यो पनि पढ्नुहोस ..

ला,गु,औ,षध खैरो हि,रोइनसहित दुई जना प,क्रा,उ

ला,गुऔषध खैरो हि,रोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।

बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई प,क्रा,उ गरेको हो।

प,क्रा,उ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम ला,गुऔ,षध खैरो हिरोइन बरामद गरिएको छ । प,क्रा,उ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।