मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन ःआले

डोटी,निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गर्नुभएको छ ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न नगएको बताउँदै भन्नुभयो, “मैले शेरबहादुर देउवालाई भेटेको छैन, भ्रामक समाचारको खेती गर्न बन्द गरौँ, गलत अफवाह नफैलाऔँ ।”

पूर्वमन्त्री तथा एमाले नेता आले एक हप्तादेखि ढाडको नशा च्यापिएर ब्लु लोटस अस्पतालमा उपचार गराइरहनुभएको छ । एमाले एक हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।