प्रदेश नं १ ः कोरोनाबाट मृ,त्यु एवं उपचार गराएका पत्रकारलाई सहयोग

मोरङ, प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमित भई ग,म्भीर अवस्थामा पुगेका बिरामी र मृ,त्यु भएका नौ पत्रकारका परिवारलाई रु दुई लाख ७५ हजार सहयोग प्रदान गरेको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार सङ्क्रमित भई ग,म्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृ,त्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णयबमोजिम उक्त सहयोग रकम उपलब्ध गराइएको हो ।प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई रु ५०÷५० हजारका दरले हस्तान्तरण गरेको छ ।

यसैगरी सङ्क्रमित भई अस्पतालमा अक्सिजनको सहायतामा उपचार गराउनुभएका पत्रकार ओखलढुङ्गाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राईलाई जनही रु २५÷२५ हजार सहयोग रकम उपलब्ध गराइएको शर्माले बताउनुभयो ।

कृषि एव पशुपन्छी क्षेत्रमा ८० प्रतिशत बजेट विनियोजन

प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छीमार्फत किसानको जीवनस्तर उकास्न गत आर्थिक वर्षमा रु एक अर्ब ८० करोड रकम जनताको घरदैलोमा पु¥याएको छ । मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा र पशुपन्छी विकास महाशाखाबाट गत आर्थिक वर्षमा भएका विभिन्न कार्यक्रममार्फत कृषक तथा सहकारी क्षेत्रमा अनुदान उपलब्ध गराइएको सम्बन्धमा आज यहाँ जानकारी गराइएको छ ।

मन्त्रालयले मझौला, साना व्यावसायिक बङ्गुरपालन, साना डेरी प्रशोधन केन्द्र स्थापना, नमूना व्यावसायिक गाई फर्म, विशिष्टिकृत सहकारी लि सहकार्यमा धुलो दुग्ध कारखाना, स्थापना, द्वन्द्वपीडित लक्षित कृषि विकास कार्यक्रम, नमूना व्यावसायिक बाख्रापालन, हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रवद्र्धन कार्यक्रम, बाली विशेष भण्डारगृह निर्माण, चैते धान ड्रायर खरीद, चिया खेती प्रवद्र्धन, प्रोटेक्टेड हर्टिकल्चर प्रवद्र्धन तथा प्रविधि विस्तार, चिस्यान केन्द्र निर्माणलगायतका कार्यक्रममा कृषक एवं सहकारीलाई अनुदान उपलब्ध गराएको हो ।

प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले काम सम्पन्न नभएसम्म अनुदान रकम भुक्तानी नदिएको बताउनुभयो । उहाँले कृषक अनुदान पारदर्शीरुपमा कृषक तथा सहकारीको छनोट गरी ८० प्रतिशत बजेट विनियोजन किसान लक्षित क्षेत्रमा वितरण भएको जानकारी दिनुभयो । मन्त्री मगरले दूध, मासु र तरकारीलगायतका कृषि उत्पादनलाई आन्तरिक आत्मनिर्भर हैन निर्यात गर्ने उद्देश्यले विविधिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव निरु दाहाल पाण्डेले कृषिमा समग्र अन्य प्रदेशभन्दा उत्कृष्ट रहेको दाबी गर्दै यस क्षेत्रमा १३ चिस्यान केन्द्र निर्माणबाट कृषकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गरी आर्थिक चलायनमा वृद्धि भएको बताउनुभयो । मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाबाट सञ्चालित अनुदान कार्यक्रम र पशुपति ढुङ्गानाले पशुपन्छी विकास महाशाखाबाट सम्पादित कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।