राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको शिष्टाचार बिदाइ भेट

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस ..

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई असार ३१ गते हस्तान्तरण गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोर सडक विभागको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।

“करिडोरअन्तर्गत सेनाको जिम्मेवारीमा रहेको काम सम्पन्न गरी सडक हस्तान्तरण गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण काम सम्पन्न हुन केही ढिलाइ भएको हो ।” हस्तान्तरण कार्यक्रम बाजुराको तिथिचौरमा आयोजना गरिएको कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख विसुनदास लामाले हस्तान्तरणपत्रमा हस्ताक्षर गर्नुभएको थियो । कर्णाली करिडोरअन्तर्गतमा कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर रहेको छ।

कालीकोटको खुलालुदेखि हिल्सासम्म कूल २८१ किलोमिटर लम्बाइ रहेको कर्णाली करिडोरको १२२ किलोमिटर नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । त्यसमध्ये बाँकी रहेको सलिसल्लादेखि हिल्सासम्मको सडक निर्माणको जिम्मा हिल्सा सिमकोट सडक आयोजनाले लिएको छ । यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा लागत रु एक अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।