शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्नमा सफलता पाएको दाबी

झापा, झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गर्नुभएको छ । ‘मेमोरी किङ’ उपनामले परिचित उहाँले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु भएको थियो ।

त्यसपछि नवल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमान उछिनेका थिए । अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्नमा सफलता पाएको दाबी प्रस्तुत गर्नुभएको छ ।

आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले यही असार २६ गते नयाँ कीर्तिमान कायम गरेको बताउनुभयो ।

द्रपुरको वीरेन्द्र नमूना माध्यमिक विद्यालयको सभाहलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा शर्माले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गर्नुभएको थियो ।

सो कार्यक्रम प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गर्नुभएको शर्मा ३२ वर्षको हुनुहुन्छ । गिनिज बुकमा नाम लेखाएपछि उहाँलाई नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सलामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

विसं २०४६ माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका –८ मा उहाँको जन्म भएको थियो । सानैदेखि तीक्ष्ण दिमाग भएको उहाँ हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा हुनुहुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।