राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ

काठमाडौँ, सर्वाेच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी प्रतिनिधिसभाको आजै बस्ने दोस्रो वैठकमा निर्णयार्थ प्रस्तुत प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसैले पनि यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा जीवनउत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको योगदानको स्मरण गर्दै बैठकमा मौनधारण गरियो ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान र विभिन्न मितिमा मन्त्रिपरिषद गठनसम्वन्धी पत्र वाचन गरेर सुनाउनुभयो । उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सभाको अध्यक्षता गर्ने सदस्य मनोनयनसम्वन्धी राख्नु भएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।