रोजगारी उपलब्ध नभएका ज्यालादारी मजदूर, सु,त्केरी,लाई तीन महिना पौष्टिक खाना खुवाइने

मोरङ, दैनिक रोजगारी उपलब्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वृद्ध एवं सुकुम्बासी परिवारका सदस्यलाई भोको पेट बस्नु नपरोस् भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना खुवाउने कार्य आजदेखि शुरु गरेको छ ।

युनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास सङ्घ विराटनगरले संयुक्त रुपमा विराटनगरका १९ वडामा ९० दिनसम्म दैनिक बिहानको खाना खुवाउने कार्यक्रम रहेको छ । संस्थाले विराटनगर महानगरपालिका–१९ स्थित घिनहा सिसवनी मुसहरी बस्तीमा आज २५० जना सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई खाना वितरण गरेको छ ।

आगामी छ दिनसम्म उक्त स्थानमा खाना वितरण गर्ने कार्यक्रम रहेको छ भने अन्य दिन विराटनगरका अन्य वडामा सुकुम्बासी, दैनिक मजदूरी गर्ने स्थानीयवासीलाई खाना खुवाउने कार्यक्रम रहेको माइती नेपालका प्रमुख बिनो पोखरेलले बताउनुभयो ।

विराटनगर –१९ का वडाध्यक्ष बद्रीनारायण सरदार, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, एबिसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, माइती नेपालका प्रमुख पोखरेललगायतले गरीब सुकुम्बासी एवं रोजगारविहीन तथा सुत्केरी महिलालाई अन्य सङ्घ संस्थाले भोको पेट बस्न नदिनका लागि थप सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

खाना खुवाउने कार्यक्र सञ्चालनका लागि स्वयमसेवकसहित १० जना कर्मचारीलाई खाना बनाउनका लागि रोजगारी दिइएको छ भने यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । संस्थाले कैलालीको धनगढी र काठमाडौँमा समेत आज यस प्रकारको कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।