प्रधानमन्त्री र मोदीबीच टेलिफोन वार्ता, मोदीले नेपाललाई छिट्टै खो,प उपलब्ध गराउने आश्वासन

काठमाडौँ, ४ साउन ;भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।

प्रधानमन्त्री देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा आज उहाँले सो आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री मोदीले आफ्ना नवनियुक्त समकक्षी प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो ।

साथै प्रधानमन्त्री देउवाले बधाईका लागि उहाँलाई धन्यवाद दिनुभएको थियो ।

दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।