८१ किलो ३५० ग्राम गाँ,जा फेला पारेकाले चालकलाई प,क्राउ

मकवानपुर, ६ साउन ,मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनहरिका प्रहरीले बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभएको छ ।

ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस..

काठमाडौँ, ६ साउन,संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।

कानूनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।

उहाँलाई आकस्मिकरूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो । कानूनविद् दाहालका दाजुले रासससँग कुरा गर्दै भन्नुभयो, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचारकक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।