प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट

दमक, ७ साउन ,झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र बुझाइएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रङ्गशालाको योजना पूरा गराउन सरकारले सहयोग पु¥याउने आश्वासन दिनुभएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताउनुभयो ।

टोलीमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी सङ्घीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्र प्रदेश नं १ का सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई तथा प्रतिष्ठानका पदाधिकारीलगायतको सहभागिता थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।