निकुञ्ज मा फेरि गैंडा मृ,त फेला
नवलपुर, ८ साउन ,चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृ,त फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृ,त्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृ,त्यु भएको छ ।


