पोखरेलद्वारा सङ्क्रामक रोग अस्पताल निरीक्षण

गण्डकी, ८ साउन ,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उहाँले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताउनुभयो ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई सङ्घले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आइसोलेशनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकीका प्रमुख सचिव डा दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताउनभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।