एउटै जिल्ला मा कोरोना का कारण तीन सय बढीको मृ,त्यु,

८ साउन ;जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृ,त्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो।

कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्तिको मृ,त्यु भएको छ ।

यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होमआइसोलेसनमा रहेको समयमा उनीहरुको मृ,त्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उहाँले जानकारी दिनुभयो । त्यसमध्ये १६ हजार ८४५ ले सङ्क्रमणमुक्त भइसकेका छन् ।

अहिले एक हजार ७१४ जना सक्रिय सङ्क्रमित रहेको उहाँले बताउनुभयो । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होमआइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।