सुकुम्बासीविहीन बन्दै मौवाखोला गाउँपालिका

८ साउन , ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासीविहीन बन्ने भएको छ । सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया शुरु भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासीविहीन बन्ने भएको हो । यसका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका–४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो । गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहुनभएन ।

जग्गा पास गरिदिन वडाध्यक्ष पूर्णाहाङ लिम्बूसहित जिल्ला मालपोत कार्यालय फुङ्लिङमा आउनुभएको थियो । निङ्माका श्रीमान् पेम्बा बेपत्ता भएको २२ वर्ष पछि बल्ल उनले आफ्नै नाममा जग्गा प्राप्त गर्नुभएको छ । श्रीमान्का नाममासमेत जग्गा नभएपछि ४० वर्षदेखि साहुको जमिन अधियाँ कमाएर गुजारा चलाइरहनुभएको उहाँको दुई छोरीको विवाह गरेपछि घरमा एक्लै हुनुभएको छ ।

उहाँको आफ्नो कमाइले जमिन जोड्न कल्पना बाहिरको कुरा थियो । सुकुम्बासीमुक्त पालिका बनाउने अभियानअन्तर्गत गाउँपालिकाले उनलाई जग्गा खरिद गरेर जग्गाधनी पूर्जा उपलब्ध गराइदिएपछि उहाँ अहिले दङ्ग परेकी छिन् । आगामी आर्थिक वर्षमा घरसमेत बनाइदिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङले बताउनुभयो ।

गाउँपालिकाभित्र जमिनविहीन परिवारको तथ्याङ्क वडा कार्यालयमार्फत सङ्कलन कार्य भइरहेको चोङपाङले बताउनुभयो । आफ्नो नाममा जमिन नभएका स्थानीयवासीको पहिचान गर्ने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा जग्गा खरिद गरिदिने र चालू आर्थिक वर्षमा घरसमेत बनाइदिने गाउँपालिकाको योजना भएको मैवाखोला गाउँपालिकाका सूचना अधिकारी मदन तिवारीले बताउनुभयो । त्यसका लागि गाउँपालिकाले आवश्यक बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो ।

सुकुम्बासीका लागि अहिले जग्गा खरिद कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताउनुभयो । सुकुम्बासी भनेर समाजले लगाइदिएको ट्याङ अब हटेको अर्का स्थानीयवासी फूर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । उहाँलाई पनि गाउँपालिकाले दुई रोपनी जग्गा खरिद गरिदिएको छ ।

“तेरो नाममा जग्गा घर केही छैन भनेर समाजले फरक व्यवहार देखाउने गरेको थियो”, उहाँले भन्नुभयो, “अब त मेरो नाममा पनि जग्गा छ ।” बाजेले जमिन बेचेर खाएपछि उहाँको परिवार रैथाने भएर पनि दुई पुस्तादेखि गाउँमै सुकुम्बासी बनेको थियो । साहुको चार रोपनी अधियाँ कमाएर उहाँले छ जनाको परिवार पालिरहेका थिए ।

बाबु र बाजेका नाममा समेत घरजग्गा भएका परिवारलाई सुकुम्बासी भनेर पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा पहिलो पटक मैवाखोलाले यस्तो योजना ल्याएको हो । वडा नं ५ र ६ का सुकुम्बासीले चार÷चार रोपनी र अन्य वडाकालाई दुई÷दुई रोपनीका दरले जग्गा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो । उहाँहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले जहाँ बस्दै आउनुभएको छ, त्यहीँको जग्गा खरिद गरेर दिएको तुम्बापोको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।