अविरल वर्षाले लघुजलविद्युत्को भवन बगायो

९ साउन ,मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघुजलविद्युत्को भवन बगाएको छ । बाढीले द्वारीगाड लघुजलविद्युत् आयोजनाको भवन बगाएको हो । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले विद्युत् बाल्ने गरेका थिए ।

लघुजलविद्युत्को भवन केही समय सञ्चालनमा आए पनि प्राविधिक समस्याका कारण बीचमा अवरुद्ध भएको र हाल निर्माण कार्य चलिरहेका बेला एकाएक परेको अविरल वर्षाले भवन नै आधा बगाएको स्थानीयवासी उब्जन बोहराले बताउनुभयो ।

वर्षाले सोही दिन द्वारीगाडबाट द्वारीगाउँकै वारिपारि जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार पुनः काठेपुल हाल्दा द्वारीगाडले बगाएर तीनजना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान बोहरा र ६५ वर्षीय रिउल्या कठायत रहेका छन् ।

दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुरको कम्मरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो । सोही दिन किनाडा गाउँका बासिन्दा गिरिस कठायतको खेत र घट्ट बगाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।