किसानलाई भैँसी खरीद गर्न अनुदान

११ साउन ,पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो ।किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रु ३४ हजार १२० का दरले ५० किसानलाई रु १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।

महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।”

अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जनाएको छ । महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ ।

प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रु एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० वटासम्म गाईभैँसी पाल्ने र रु एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गिकृत गरिएको छ ।

यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रु ५० लाख भन्दा बढी लगानी गर्ने किसानलाई व्यावसायिक किसान, १० देखि ३० वटासम्म गाईभैँसी र रु ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख किसान, पाँचदेखि नौ वटासम्म गाईभैँसी र रु १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधँै गुनासो रहँदै आएको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गर्नुभयो ।

महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।