येस्तो छ,प्रधानमन्त्रीसँग मेलम्चीका बा,ढी प्र,भावितको माग

११ साउन ,प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बा,ढी प्र,भावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् ।

मेलम्चीका बा,ढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर मेलम्ची बा,ढी प्र,भावित क्षेत्रमा थप क्ष,ति हुन नदिन तत्काल तटबन्धको व्यवस्था गर्न माग गरेका हुन् ।

बा,ढी प्रभावितले नदीलाई पुरानै धारमा कायम गर्नुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन, स्काभेटरमार्फत जमिनको सतह मिलाउने प्रबन्ध गर्नुपर्ने, बा,ढीले घरबारविहीन भएका र रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकालाई उचित आर्थिक प्याकेज ल्याउनुपर्ने बताएका छन्।

यस्तै बैंकको ऋणबाट व्यवसाय गरिरहेकालाई व्याज मिनाहा र सहुलियतको व्यवस्था मिलाउनुपर्ने, किसान, उद्योगी, व्यापारी विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्नुपर्ने, मेलम्ची र हेलम्बुमा तत्काल बेलिब्रिजको व्यवस्था गर्नुपर्ने, विद्युत् महसुलमा छुटको प्रबन्ध मिलाउनुपर्ने मागसमेत गरेका छन् ।

उनीहरुले बा,ढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि बृहत् परियोजनाका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, मृ,तकका परिवारलाई उचित क्ष,तिपूर्ति, जीवन निर्वाह गर्न रोजगारी र उनीहरुका सन्तानलाई उच्च शिक्षासम्मका लागि सरकारले प्रबन्ध गर्नुपर्ने बताएका छन्।

भेटपछि प्रधानमन्त्री देउवाले बाढी र पहिराले मेलम्ची क्षेत्रमा पु¥याएको क्षतिका बारेमा आफू जानकार रहेको बताउँदै मेलम्चीवासीले राखेको मागका बारेमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।

विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले सबैभन्दा ठूलो क्षति व्यहोरेको मेलम्चीले विसं २०७८ असार १ गते राति परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पु¥याएको छ । बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पु¥याएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।