मेची प्रादेशिक अस्पताललाई कारितासको सहयोग

झापा, मेची प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले रु १६ लाखभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्री सोमबार अस्पताललाई दोस्रोपटक प्रदान गरिएको हो। दोस्रो लहरको सङ्क्रमण फैलिएयता कारितासले जर्मन कारितासको आर्थिक सहयोगमा रु ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री यसअघि नै अस्पताललाई प्रदान गरेको थियो ।

कारितासले यसपटक रु दुई लाख १० हजार मूल्य बराबरको १० थान अक्सिजन सिलिण्डर, रु पाँच लाख ८० हजार मूल्य बराबरको चार थान अक्सिजन कन्सन्ट्रेटर, रु चार लाख ९५ हजार ७८८ मूल्य बराबरको ४५० सेट पिपिइ, रु एक लाख ३२ हजार मूल्यको १०० बट्टा सर्जिकल पञ्जा, रु ६४ हजार १५ मूल्यको ५१५ बट्टा सर्जिकल मास्क, रु ४९ हजार ९४६ मूल्य बराबरको ३४ थान अक्सोमिटर, रु ४५ हजार ८७ मूल्य बराबरको २१० बट्टा स्यानिटाइजर र रु २४ हजार ९९० मूल्य बराबरको भेन्चुरी मास्क अस्पताललाई प्रदान गरिएकोे संस्थाका कर्मचारी गोविन्दराज कट्टेलले बताउनुभयो ।

अस्पतालको कोभिड वार्ड परिसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा टङ्कप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएको, सङ्क्रमणदर तीव्र हुँदा र अस्पताल जानुपर्ने बिरामीको सङ्ख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकाले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताउनुभयो ।

कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पताल नजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड–१९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेशन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गरेको पोखरेलको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।