निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभएको हो । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शो,क प्रस्ताव पारित

सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट ग¥यो ।

आमनिर्वाचन २०४८ सालमा तत्कालीन जनमोर्चाका तर्फबाट सिरहा क्षेत्र नं ५ बाट निर्वाचित ७५ वर्षीय तामाङको गत जेठ २० गते उपचारका क्रममा निधन भएको थियो ।

यसअघि बैठकमा स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाउनुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।