राष्ट्रिय सरोकार प्रतिवेदन पेश

काठमाडौँ, राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो ।

समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारविज्ञसँग छलफल गरेको थियो । कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिनुभयो ।

एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए ।

राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ः०० बजे बस्नेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖