नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा पुगेको छ । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुगेको छ । नेप्सेल अब तीन हजार १०० को बिन्दुको यात्रा तय गरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरीद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च अङ्क हो । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १८.४५, जलविद्युुत् ४८.२७, उत्पादन ३७.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बीमा ४४९.५६, अन्य २०११, लघुवित्त ३७.२४, जीवन बीमा ४३१.३८ र लगानी ३.२२ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोवार भयो । नेशनल हाइड्रोपावर रु ३६ करोड ५३ लाख ७५ हजार ३८९, अरुण भ्याली हाइड्रोपावर रु ३३ करोड ६१ लाख चार हजार ६२५, सानिमा माई हाइड्रोपावर रु ३१ करोड ८८ लाख ५६ हजार ३७५ र अपि पावर कम्पनी रु २९ करोड ५९ लाख ५५ हजार ९१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । यस्तै सोल्टी होटल ८.०६ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०५ प्रतिशतले कमाए । यसैगरी पञ्चकन्या माई हाइड्रोपावर ५.०७, सिंगटी हाइड्रोपावर ४.९८, ग्रीनलाइफ हाइड्रोपावर ४.१८, पाँचथर पावर कम्पनी ४.१५ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.९५ प्रशितले गुमाए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖