अपर चौरीखोला हाइड्रोपावर आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैकले संयुक्त लगानी गर्ने

काठमाडौँ । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. र बैंकबीच एक कार्यक्रमबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अबर १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका छन् ।

वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि राष्ट्रिय वाणिज्य बैंकका सिईओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए । उनले आयोजना सम्बन्धी कम्पनीले गरेका प्रतिवद्धता पूरा गर्न सुझाव दिए । सिईओ श्रेष्ठले जलविद्युत क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए ।

“जलविद्युतमा लगानी गर्नेहरुबीच सुरुमा राम्रै सम्बन्ध भएपनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, शेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन् । यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौं” सिईओ श्रेष्ठले भने । उनले आफूहरुले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या नआउने समेत बताए ।
त्यसैगरी लगानीकर्ता अर्को बैंक कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले आफूहरुले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए ।

व्यवसायीक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए । सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरुबाट कुनै समस्या नहुने भन्दै आयोजना कम्पनीलाई सफलताको शुभकामना दिए । उपाध्ययले सरकारी बैंकले लगानी गरेको तर काम भएन भन्ने नहोस् भन्ने आफूहरुले चाहेको बताए ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । दुवै सरकारी बैंकले लागनी गर्नुलाई सफलता भएको भन्दै रावतले २०७९ को दशैंमा बत्ति बाल्ने गरी काम अगाडि बढेको जानकारी समेत दिए ।

अध्यक्ष रावतले वर्षायाममा पनि नरोक्ने भन्दै अहिले पनि आयोजना निर्माणको काम जारी रहेको जानकारी समेत दिए । “दुबै सरकारी बैंकले लागनी गर्नु हाम्रो लागि खुशीको कुरा हो । सम्झौताअनुसार लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्नेछौं । वर्षाको समयमा पनि काम रोकिने छैन, आउने दशैंमा बत्ति बाल्ने गरी परियोजनालाई अगाडि बढाएका छौंँ” अध्यक्ष रावतले भने ।
कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत शेयर रहेको र तीन सय शेयर सदस्य रहेको जानकारी दिँदै अध्यक्ष रावतले सबैको विश्वासमा घात हुन नदिने प्रतिवद्धता समेत जाहेर गरे ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्ध बहादुर गुरुले सहभागी सबैलाई स्वागत गर्दै काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका डिसिइओ कबिराज अधिकारी, उपकार्यकारी प्रमुख देवेन्द्ररमण खनाल, विभागीय प्रमुख संदिपजंग कार्की, विभागीय उपप्रमुख विनयरमण पौडेललगायत पदाधिकारीको सहभागीत थियो भने कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, कर्जा तथा ट्रेड फाइनान्स विभाग प्रमुख मिनराज पौडेल, शिव भुसाललगायत उच्च अधिकारीहरुको सहभागीता थियो ।

त्यस्तै, कर्णाली जलस्रोत लिमिटेडका निर्देशक अमरनारायण माली, भारत प्रसाईलगायतका पदाधिकारीको सहभागिता थियो भने हिमालयन वाटर रिसर्च एण्ड इनर्जी कम्पनीका प्रबन्धक अमृतराज अधिकारी, निर्देशक भैरव बोहरा, सिंह बहादुर लामा, दिलिप घिसिङ, शुसिला कार्कीगायतका सहभागीता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।