सामाजिक सुरक्षा भत्ता बुझ्न आएका वृद्धको मृ,त्यु
भजनी, कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।
वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृ,त्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पु¥याउने क्रममा मृ,त्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिनुभयो । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ ।
यो पनि पढ्नुहोस
रुपन्देही, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ ।
प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गर्नुभएको थियो ।


