पुरस्कारको रकम गरिब तथा विपन्न नागरिकको उपचारमा खर्च

काठमाडौँ, सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने हुनुभएको छ ।

बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब तथा विपन्न व्यक्तिको कोरोना उपचारका लागि खर्च गर्ने घोषणा गर्नुभएको हो । डा झाले शनिबार रु एक लाख ८७ हजार ५०० को पुरस्कार प्राप्त गर्नुभएको थियो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्बल अफ काठमाडौँ समर्पणको सहकार्यमा ललितपुरको रविभवनमा स्थापना गरिएको ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब, विपन्न तथा असाहय व्यक्तिको उपचारमा खर्च गर्ने उहाँले घोषणा गर्नुभएको हो ।

“जे एण्ड जे क्लिनिकमा कोभिडका साथसाथै मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी रोगका गरिब तथा विपन्न नागरिकले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्”, डा झाले भन्नुभयो ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रहरी नायब उपरीक्षकसमेत रहनुभएका डा झाले कोभिडको समयमा हजारौँ कोभिड बिरामीको उपचारसमेत गर्दै आउनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।