बोर्ड अध्यक्षलाई कारवाही गर्न युनियनको माग

काठमाडौँ, नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ ।

बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरिएको छ ।

विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शीता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबीन कार्य अगाडि बढाइ दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न युनियनले माग गरेको छ ।

देशको कूल ग्रार्हस्थ उत्पादन बराबरकै बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा लाग्नुपर्नेमा त्यसो हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।

अर्थ मन्त्रालयले यही साउन १३ गते बोर्डलाई तीन दिनभित्र गलत जवाफ दिन भन्दै स्पष्टिकरण सोधिएको थियो । यसको जवाफ दिने समयसीमा आजसम्म रहेको छ । विज्ञप्तिमा भनिएको छ “बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित सम्बेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरीद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन भएको निष्कर्ष निकालेको छ ।”

बोर्डका अध्यक्ष ढुङ्गानाले छोरी रेविका ढुङ्गानाको नाममा निटक भविष्यमा नै साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको १० हजार कित्ता शेयर खरीद गरेको पाइएको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा शेयर खरीद गरेको पाइएको छ । अर्थले बोर्ड र स्टक दुवैलाई स्पष्टिकरण सोधेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।