धनकुटाका खेम याक्खाको मलेसियामा निधन,परिवारसंग सम्पर्क हुन सकेन
धनकुटा । धनकुटाका खेम प्रसाद याक्खाको मलेसियामा निधन भएको छ ।
गत अगस्ट ७ तारिखका दिन याक्खाको मलेसियामा कोरोना संक्रमणका कारण निधन भएको अशोक पौडेल ढाक्रेले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।
राहदानी नम्बर ०७६४२५७७,नागरिकता नम्बर ०७३००२-३४ रहेका याक्खाको राहदानीमा धनकुटा मात्र रहेकोले आफन्त संग सम्पर्क हुन नसकेको र दाह संस्कार गर्न मलेसिया सरकारलाई समस्या भएकोले कोही कसैले चिन्नु हुन्छ भने परिवार सम्म यो खबर पुराइदिन पनि पौडेलले आग्रह गरेका छन् ।



