धनकुटामा प्रहरीले गर्यो माक्स वितरण
श्रावण ३०,धनकुटा ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरको भेरियन्ट धनकुटा जिल्लामा समेत आउन सक्ने विषयलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले माक्स नलगाई हिडडुल गर्ने सर्वसाधारण मानिसहरुलाई “तपाईको माक्स खोई” भन्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सोही कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम स्थित बजार क्षेत्रमा माइकिङ एवम् प्रचार प्रसार गर्ने तथा माक्स नलगाई हिडडुल गर्ने मानिसहरुलाई १५ सय थान माक्स बितरण गरिएको पहरी कार्यलय धनकुटाले जनाएको छ ।
त्यस्तै मातहतका प्रहरी इकाईहरु समेतले सोही कार्यक्रम अन्तर्गत आ-आफ्नो क्षेत्रका इलाका अन्तर्गत “तपाईको माक्स खोई ?” भन्ने कार्यक्रम सञ्चालन गरी माक्स नलगाई हिड्ने मानिसहरुलाई माक्स बितरण गर्न ३ थान माक्स उपलब्ध गराइएको छ ।


