छथर जोरपाटीले शुरु ग¥यो भु–उपयोग नीतिका लागि सर्भेक्षण ! अब जथाभावी प्लटिङ्ग,उत्खनन् तथा मनपरी जमिन क्षयको काम बन्द हुनेछन्
नारायण कुमार राई/धनकुटा,३१ साउन । छथर जोरपाटी धनकुटाले आफ्नो पालिकाको भूमिलाई बैज्ञानिक तरिकाले अधिकतम उपयोगमा ल्याउन भु–उपयोग नीति लागु गर्नका लागि कामको थालनी गरेको छ ।

पालिकाले उक्त नीति लागु गर्न प्रारम्भिक सर्भेक्षणका लागि अध्ययन शुरु गर्न भु–उपयोग कन्सल्ट्न्ट प्रा.लि.काठमाण्डौलाई कामको जिम्मा दिएको छ ।
उक्त कन्सल्ट्न्टले आईतबारबाट पालिकामा एक अन्तिरक्रिया कार्यक्रम गरेर सर्भेक्षणको थालनी गरेको छ ।
कार्यक्रममा कन्सल्ट्न्टका प्रबन्ध निर्देशक डिल्लीराज सुबेदीले ४ बिज्ञहरुको टोलीले बिभिन्न १० वटा बिषयमा अध्ययन तथा सर्भेक्षण शुरु गर्ने जानकारी दिनुभयो ।
रेग्मीका अनुसार कन्सल्ट्न्टले आवास,वन,व्यापारिक,औद्योगीक,सांस्कृतिक तथा पुरातात्विक,खोला तालतलैया तथा सिमसार,खानी तथा खनिज,सार्वजनिक उपयोग र अन्य क्षेत्रको सर्भेक्षण गर्नेछ ।
कन्सल्ट्यान्ट टोलीले ६ महिना भित्रमा बिस्तृत अध्ययन गरेर कुन भु–भागमा के–के गर्न सकिन्छ भन्ने आधिकारी प्र्रतिवेदन तयार गरेर बुझाउने आर्थिक तथा सामाजिक बिज्ञ सुवास बस्नेतले जानकारी दिनुभयो ।
संस्थाले कृषि,आवास,वन,सार्वजनिक,ब्यपार,उद्योग,खानी,पर्यर्टन,जल तथा सिमसार लगाएतका बिषयगत क्षेत्रहरु पहिचान गरेर पालिकालाई प्रतिवेदन बुझाउनेछ ।
नेपाल सरकारको भु–उपयोग नीति २०७६ अनुसार लागु हुन लागेको यो नीति कार्यान्वयनमा आएपछि यस पालिकामा अनाधिकृत रुपमा जमिन,प्लटिङ्ग गर्ने,उद्योगहरु स्थापना गर्ने,खानीहरु उत्खनन गर्ने,बस्ती बसाउने लगाएतका कामहरु गर्नमा रोकिने बस्नेतले जानकारी दिनुभयो ।
सर्भेक्षण टोलीमा सुवेदी र बस्नेत सहित जिआईएस बिज्ञहरु नविन न्यौपाने र राजेन्द्र प्रसाद टन्डनको सहभागिता रहनेछ ।
संस्थाले प्रतिवेदन बुझाएपछि त्यसमाथि आवश्यक छलफल गरेर भु–उपयोग नीति कार्यान्वयनमा ल्याईने पालिकाका प्रशासकीय अधिकृत तुलराज थापा मगरले जानकारी दिनुभयो ।

पालिकामा रहेको जमिन र श्रोतहरुको बैज्ञानिक तरिकाले अधिकतम उपयोग गरेर जनताहरुको जीवन स्तर उकास्न भु–उपयोग नीतिले महत्वपूर्ण सहयोग गर्ने पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
आईतबार भएको प्रारम्भिक सर्भेक्षणको अन्तिरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ लगाएत ६ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
२०७३ सालमा स्थापना भई १८ हजार ३ सय २२ जनसंख्या रहको छथर जोरपाटी गाउँपालिका १०२.८३ बर्ग किलोमिटरमा फैलिएको छ ।


