नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान

काठमाडौँ, ३१ साउन.धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ । कूल २२२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन १६०.२३, लघुवित्त ११५.१२ र लगानी ०.६६ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.१५, व्यापार ३६.५, होटल तथा पर्यटन ६६.०४, विकास बैंक १६०.१३, जलविद्युत् १५७.४१, वित्त ८७.०५, निर्जीवन बीमा २२४.६२, अन्य ४०.१४, जीवन बीमा १९१.१२ र सामुूहिक लगानी कोष ०.१३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार ८१५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ७९ करोड २५ लाख ४२ हजार ८३१, अपि पावर कम्पनी रु ७० करोड २७ लाख १८ हजार ६८५, रिडी हाइड्रोपावर रु ५९ करोड ४७ लाख ४५ हजार ५९९ र अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ६० लाख ६७ हजार ४०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

तीन कम्पनीको शेयरमा सर्किट

नेप्से ओरालो लागे पनि आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर,जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी फाइनान्स ९.५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ८.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ८.५४, रिडी हाइड्रोपावर ८.५२, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ७.८८, रसुवागढी हाइड्रोपावर ६.३४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब छ अर्ब सात करोड ९८ लाख ३१ हजार ८३१ बराबर पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।