दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

काठमाडौं, १५ असोज । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ तथा खुद्रा नोट जुनसुकै दिन कार्यालय समयमा साट्न सकिने जनाएको छ । बैंकले नयाँ नोट साट्न विगतको जस्तो छुट्टै मिति नतोक्ने भएको छ। 

राष्ट्र बैंकका अनुसार व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट सटहीको सुविधा उपलब्ध हुनेछ। यसपालि दसैँमा नयाँ नोट साट्न चाहनेले राष्ट्र बैंकले छुट्टै मिति तोक्ने प्रतीक्षा गर्नुपर्ने छैन। नियमित कार्यालय समयमा नै नोट सटही गर्न सकिनेछ।

राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटही सुविधा दिने भएको हो । राष्ट्र बैंकसँग पर्याप्त नोट रहेकाले मागअनुसार नयाँ नोट उपलब्ध गराइने भएको छ। नयाँ नोटले माग धान्न नसके सुकिला नोटसमेत वितरण गर्ने राष्ट्र बैंकको योजना छ।

राष्ट्र बैंकको बैंकिङ काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ तथा खुद्रा नोट लगेर आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन्। 

अहिले राष्ट्र बैंकमा नोट सटही गर्न जानेले दुई बन्डलसम्म साट्न पाउने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट एक–एक सय थान हुन्छन्।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖