जेन्जी आन्दोलनका क्रममा बालसुधार गृहबाट फरार भएका पासवान पक्राउ
विराटनगर । जेन्जी आन्दोलनका क्रममा बालसुधार गृहबाट फरार भएका एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको विराटनगर महानगरपालिका–५ निवासी पवन पासवान २०८२ भदौ २५ गते जेन्जी आन्दोलनका क्रममा बालसुधार गृह विराटनगरबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनलाई २०८३ कात्तिक ३० गते विराटनगर महानगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि पुनः बालसुधार गृह विराटनगर पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

